तोलामा १८०० रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ मंसिर ९, मंगलबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ । तोलामा १ हजार ८ सय रुपैयाँले घटेपछि मंगलबार नेपाली बजारमा छापाबाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा छापाबाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य ९३ हजार ८ सय थियो ।

सोमबार प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३० रुपैयाँ घटेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस