नेपालकी सपना बीबीसीको प्रभावशाली सय महिलाहरुको सूचीमा !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ मंसिर ९, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाण्डौ । बीबीसीको प्रभावशाली सय महिलाहरुको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छिन् । बेलायती सञ्चारमाध्यामा बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वका प्रभावशाली सय महिलाहरुको सूचीमा सपना परेकी हुन् । म्याग्दी जिल्लाकी सपना सडक र गल्ली किनारमा भेटिएका बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी युवती हुन् ।

बेवारिसे शवहरुको व्यवस्थापनको काम गर्दै आएको संस्थामा कार्यरत उनले अहिलेसम्म ३ सयभन्दा बढी बेवारिसे शवहरुको व्यवस्थापन गरिसकेकी छिन् । सडकमा अलत्रप परेका शवहरु अस्पतालमा लगेर पोष्टमार्टम गर्नेदेखि पशुपति आर्यघाटमा लगेर संस्कारअनुसार अन्त्येष्टि गर्ने काममा सपना निरन्तर खटिरहेकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस