नेपालमा थप २४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३ सय ६१ पुग्यो !

Post Thumbnail

मंसिर ९, काठमाडौ । पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार ३६१ पुगेको छ । आज देशभर १ हजार ७ सय ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।  २४ घण्टामा २ हजार १९१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ । आज देशभर १७ हजार ६५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस