महोत्तरी बालिका हत्या प्रकरण : प्रदर्शनमा घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो !

मंसिर ९, काठमाडौ । महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाप्सा खातुनको हत्या विरोधमा प्रर्दशनमा प्रहरीले बल प्रयोग गर्दा घाइते भएका एक जनालाई उपचारको लागि काठमाडौं ल्याइएको छ । प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपानेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो । प्रहरी गोली लागेर न्यौपानेसँगै अफताब आलम र श्याम कार्की घाइते भएका थिए । दुई घाइतेको भने बर्दिबासमै उपचार भइरहेको छ । बालिकाको हत्या आरोपमा महोत्तरीको गौशाला–५ का अरुणकुरमा साह पक्राउ परेका छन् । आइतबार साँझ हराएकी बालिका गुलाप्साको शव सोमबार राति घर नजिकैको एक झाडीमा फेला परेको थियो ।

चक्लेट किन्न साहको पसल गएकी बालिका गुप्तासालाई साहले पसलमै तौलियाले घाँटी कसी हत्या गरेका थिए। हत्याको बिरोधमा मंगलबार बिहानैदेखि बर्दिबास तनावग्रस्त छ । आक्रोशित स्थानीयले सडकमा प्रर्दशन गर्नुका साथै अभियुक्तको घरमा समेत आगो लगाएका थिए । अहिले भने स्थिति सामान्य बन्द्र गएको प्रहरीले जनाएको छ ।

 

 

संम्बन्धित समचार

Leave a Reply