धादिङमा आज ३ जनामा कोरोना संक्रमण,संक्रमित सङ्ख्या १३ सय ७० पुग्यो !

Post Thumbnail

मंसिर ९, धादिङ । धादिङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिका वडा नं ५ की २८ बर्षिया महिला, गजुरी गाउँपालिका वडा नं १ का ५३ बर्षिय पुरुष र बेनिघाट रोराङ गाउँपालिका वडा नं १० का ५६ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताए । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ३ सय ७० पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस