प्रचण्डद्वारा नेकपा सचिवालय बैठकमा प्रस्तुत प्रस्तावबारे स्पष्टीकरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ९, मंगलबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाण्डौ ।  सत्तारूढ नेकपाका पुष्पकमल दाहाल प्रचण्डले कार्तिक २८ गते पार्टी सचिवालय बैठकमा आफूले प्रस्तुत गरेकाे राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि आँच पुर्‍याउन नखाेजिएकाे स्पष्ट पारेका छन् ।

आज (मंगलबर) अध्यक्ष दाहालकाे सचिवालयले एक प्रेस नोट जारी गर्दै प्रचण्डले पेस गरेकाे राजनीतिक प्रतिवेदनबारे स्पष्ट पारेकाे हाे । प्रेस नाेटमा भनिएकाे छ, ‘यही कार्तिक २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणा बारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ ।’

अध्यक्ष दाहालले गएकाे कार्तिक २८ गते पार्टी सचिवालयमा राजनीतिक प्रतिवेदन पेस गरेका थिए । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथिसही नेतृत्व गर्न नसकेकाे, भ्रष्टचारीकाे संरक्षण गरेकाे लगायतका आरोप लगाइएकाे थियाे । त्यसपछि प्रधानमन्त्री ओली यसकाे प्रतिवादमा उत्रिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस