महोत्तरी ६ वर्षीया बालिका हत्या प्रकरण : प्रहरीको गोली लागेका बुद्धिराजको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १०, बुधबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

मंसिर १०, काठमाडौं । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ । हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । ६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको उपचार भइरहेको छ । उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा बुद्धिराजको मृत्यु भएको ग्रान्डी अस्पतालमा जेनेरल मेनेजर विकासमान सिंहले बताए । बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस