शेयर बजारमा उछाल लाग्ने क्रम जारी: आज आधा घण्टामै करिब ४० अंकले बढ्यो

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७७ मंसिर १०, बुधबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर १०,काठमाडौँ । बुधबार सेयर बजारमा निकै उल्लास छाएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आधा घण्टामै करिब ४० अंकले धेरैले बढेको छ ।

बजार खुलेसँगै उकालो लाग्ने क्रम शुरु भएको बजारमा ११ बजेर २८ मिनेट जाँदा ४० दशमलव ७८ अंकले बजार उकालो लागेको थियो । यद्यपि, ११ बजेर ३० मिनेट जादा नेप्से परिसूचक ३९ दशमलव ७५ अंकले बढेर १ हजार ८ सय ४९ दशमलव ८६ अंकमा पुगेको छ ।

कारोबार रकम भने यतिबेलासम्म ६६ करोड रुपैयाँ भन्दा धेरै भएको छ । यस अवधीमा सबै भन्दा धेरै वृद्धि हुनेमा व्यापार समूह देखिएको छ । व्यापार समूह ८.०९ प्रतिशत अर्थात १८३ दशमलव ६३ अंकले बढेको छ ।

यसैगरी बेंकिङ समूह २३.३६ अंकले, होटल ९३.९३ अंकले, विकास बैंक ३३.५, हाइड्रोपावर १५.१९, फाइनान्स १०.१ अंकले बढेको छ । अन्य सबै समूह उकालो लाग्दा म्युचुअल फण्ड भने घटेको छ ।

यस अघि मंगलबारको कारोबारमा नेप्से परिसूचक २९ दशमलव ६८ अंकले बढेर १ हजार ८ सय १० दशमलव ११ अंकमा पुगेको थियो ।

नेप्से परिसूचक लामो समय पछि १ हजार ८ सय माथि पुगेको हो । कारोबार रकम करिब साढे ५ अर्ब रुपैयाँ नाघेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस