काठमाडौ । गायक तथा संगीतकार बिपिन घिमिरेले ‘खास लाग्न थाल्यौ’ बोलको गजल–गीत बजारमा ल्याएका छन् । गीतमा घिमिरे आफैले संगीत दिएका छन् । दुई दशकदेखि गायनमा सक्रिय बिपिन सांस्कृतिक संस्थानका कलाकार तथा स्वर प्रशिक्षक हुन् । गजलका रचनाकार नारायण प्रसाद सापकोटा हुन् । उनका यसअघि पनि थुप्रै गीत तथा गजल सार्वजनिक भइसकेका छन्। संगीत संयोजन किरण कँडेलको छ । साम्बी इन्टरटेनमेन्टले रिलिज गरेको भिडियोमा विशाल पोखरेल र मोडल सरिता भारतीले अभिनय गरेका छन् । एक युवा र युवतीको प्रेम प्रसँगमा आधारित यो गीतको भिडियोमा पनि सोही अनुसारको कथा प्रस्तुत गरिएको छ ।
भिडियो रामशरण उप्रेतीले छायाँकन गेरेका हुन् । बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन गरेको भिडियोको निर्देशन सञ्चारकर्मी डब्बु क्षत्रीले गरेका हुन् ।