आज देशभर १३ सय ८० जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १८ हजार ८३ जना !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १३, शनिबार (३ साल अघि)
  • ९ पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ५ सय १५ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ । आज देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ४ सय ५४ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा ९ हजार ३ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस