शेयरबजारमा छलाङ : ९ अर्ब २२ करोड रुपैयाँको कारोबार !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ मंसिर १४, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १४, काठमाण्डौ । शेयरबजार परिसूचक नेप्से आइतबार ७५ अंक भन्दा धेरैले बढेको छ । नेप्से ७५ दशमलव शून्य २ अंकले बढेर १९ सय ६८ दशमलव २७ अंकमा पुगेको छ । यो नेपालको शेयरबजार इतिहासकै सबैभन्दा उच्च अंक हो । बैंकिङ समूहको शेयरमा उच्च बृद्धि भएको छ । पटक पटकको सर्किङ ब्रेकपछि पुन कारोबार भएको बैंकिङ समूहको शेयर १ सय १२ अंकले बढेर १५ सय ४९ अंक भन्दा माथि पुगेको छ । आइतबार विकास बैंक समूहको शेयर १ सय ७३ अंकले, जीवन बीमाको २ सय ४५ अंकले, माइक्रोफाइनान्सको २७, जलविद्युतको २६ र फाइनान्स समूहको शेयर १२ अंकले बढेको छ । कारोबार रकम पनि ९ अर्ब रुपैयाँ नाघेको छ । आइतबार ९ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बराबरका २ करोड ५९ लाख ४५ हजार कित्ता शेयर किनबेच भएका छन् ।

यो शेयरबजारमा अहिलेसम्मकै धेरै कारोबार रकम हो । यसअघि मंसिर ११ गते ७ अर्ब ६१ करोड रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो । आइतबार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ५१ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आइतबार २१ वटा बैंकको शेयर ९ अंक भन्दा धेरैले बढेको छ । समग्र बजारमा रेकर्ड नै रेकर्ड बनेपनि विशाल बजार कम्पनीका शेयर धनीले भने १० प्रतिशत गुमाएका छन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस