नेपालमा कोरोनामुक्त हुनेको संख्या दैनिक बढ्दै, आज १४ सय ४ जना संक्रमणमुक्त !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १४, आईतबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १४, काठमाडौ । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा २ लाख १२ हजार ५ सय ९० जना संक्रमित उपचारपछि निको भएका छन् ।

मन्त्रालयका अनुसार ९१ दशमलब ९ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन् । मन्त्रालयका अनुसार ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १७ लाख २७ हजार ८ सय ३६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ६ सय ३२ जना क्वारेन्टाइनमा छन् । नेपालमा १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस