निर्मला हत्या प्रकरणः देशभर आन्दोलन जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ३१, आईतबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र ३१, काठमाडौं । गृह मन्त्रालयले निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न कञ्चनपुर गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसीसहित ५ प्रहरी अधिकारीलाई निलम्बन गरे पनि आन्दोलन रोकिएको छैन ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि भएको हत्या प्रकरणमा संलग्न दोषीलाई पक्राउ गरेर घटनाबारे यथार्थ विवरण सार्वजनिक गर्न माग गर्दै प्रदर्शन जारी राखिएको हो ।

शनिबारबाट देशव्यापी रुपमा प्रदर्शन सुरु भएको थियो । साँझ गृहमन्त्रालयले डीएसपी जिसीसहित ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक जगदिश भट्ट, एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो । यसअघि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट निलम्बित भइसकेका छन् ।

उनीहरुलाई निलम्बन गरेपछि आन्दोलन मथ्थर हुने अपेक्षा गरिएको थियो । तर, न्यायको माग गर्दै आन्दोलन आइतबार पनि जारी रहेको अधिकारकर्मी शारदा चन्दले बताइन् ।

उता, गृहले निलम्बन गरेपछि प्रहरी प्रधान कार्यालयमा निलम्बित अधिकारीहरुलाई बोलाइएको छ । प्रहरी मुख्यालयको उजुरी छानबिन शाखाले पनि उनीहरुमाथि अनुसन्धान गर्ने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस