धादिङमा थप १८ जनामा कोरोना संक्रमण,संक्रमितको सङ्ख्या १४ सय ५ पुग्यो !

Post Thumbnail

मंसिर १४, काठमाण्डौ । धादिङमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको गजुरी र त्रिपुरासुन्दरी गाउँपालिकाका ४,४ जना, धादिङ अस्पतालका ३ जना, नीलकण्ठ नगरपालिका र बेनिघाट रोराङ गाउँपालिकाका २÷२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले जानकारी दिए ।
यस्तै ज्वालामुखी, थाक्रे र खनियाँबास गाउँपालिकाका १,१ जना गरी थप १८ जनामा संक्रमण पुष्टि भएको रिजालले जानकारी दिए । थपिएका संक्रमितहरुमा २७ बर्षदेखी ८० बर्ष उमेर समुहका १४ जना पुरुष र ४ जना महिला रहेका छन् । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ४ सय ५ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस