घर निर्माण गर्दा कसरी जोगाउने पैसा ? पढ्नुहोस् बिज्ञका सल्लाह !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ मंसिर १५, सोमबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाण्डौ ।  घर निर्माण गर्न वा किन्न ठूलो लगानी चाहिन्छ । घर निर्माण गर्दा आफ्नो चाहना अनुकूलको चिजवस्तु र सुविधा थप्दै जाँदा लगानी अझ बढ्दै जान्छ । अन्तिम लागतमा नियन्त्रण गर्नु भनेको प्रमुख सकारात्मक पक्ष हो । धेरै पक्षमा चनाखो नहुँदा पैसा खर्च हुँदै जान्छ । तर, सपनाको घर आफ्नो बजेटभित्र रहेर पनि निर्माण सम्पन्न गर्न सकिन्छ । त्यसका लागि तल भनिएका कुरामा ध्यान पु¥याउनुपर्छ ।

निर्धारित बजेटमा अडिग रहनुहोस्

घर निर्माणकर्ता वा व्यावसायिक प्रतिनिधिलाई भेट्नुअघि आफूले गर्न सक्ने खर्चबारे वित्तीय सल्लाहकारसँग छलफल गर्नुहोस् । सरसल्लह लिनुहोस् । ‘नयाँ घरमा यति लगानी गर्छु’ भन्दा पनि ‘मेरो खर्च गर्न सक्ने सामथ्र्य यति हो’ भन्ने कुरा बुझ्न अति महत्वपूर्ण छ । आफ्नो क्षमताअनुरूप बजेट निर्धारण गर्नुहोस् र त्यसैअनुसार प्रक्रियामा जानुहोस् ।

आधार मूल्यसँग लचक हुनुहोस्

नयाँ बन्दै गरेको घरमा पहिले देखिने लागत भनेको आधार मूल्य हो । यसमा घरको आधारभूत संरचना र त्यसको अन्तिम स्वरूप हो । आधार मूल्यमा अन्य संरचना समावेश हुँदैन । जस्तो कि कोठाको पार्टिसन, आन्तरिक वा बाह्य सजावटका संस्करण आदि । यी  निर्माणका पाटा पछि थप गर्दै जाने प्रक्रिया हुन् । त्यसैले नयाँ घर किन्दा आधार मूल्यलाई ध्यानमा राखेर मात्र खरिद गर्नुहोस् । यसो गर्दा तपाईंले आफ्नो बजेटअनुसार नयाँ सजावट र संस्करण थप्दै जान सक्नुहुन्छ । यसरी अनावश्यक खर्च नगरी आफ्नो प्रारम्भिक बजेटअनुसार लगानी गर्न सक्नुहुनेछ ।

बुद्धिमानीपूर्वक निर्माणकर्ता छान्नुहोस्

तपाईंको क्षेत्र वरपर काम गर्दै गरेका विभिन्न निर्माणकर्ताबीच तुलना गर्नुहोस् र कसले कम लागतमा विशिष्ट सेवा दिन सक्छ, त्यसअनुसार निर्माणकर्ता वा ठेकेदार छान्नुहोस् । केही ठेकेदारले कम वा सापेक्षिक मूल्यमा उच्च गुणस्तरको निर्माण, आकर्षक डिजाइनका संरचना बनाउने गर्छन् । त्यसैले कुन चाहिँ निर्माणकर्तालाई काम सुम्पिने भन्ने कुराको निर्णय गर्न केही अध्ययन र अनुसन्धान गर्नु जरुरी हुन्छ । लगानीको साथसाथै गुणस्तरका विषयमा पनि स्पष्ट हुुनुहोस् । किनभने, तपाईले खर्च गर्नुभएको कुनै पनि पैसाको प्रतिफल कम गुणस्तर वा खराब डिजाइन हुनु हुँदैन ।

आफूले जानेको काम आफैँ सम्पन्न गर्नुहोस्

धेरै निर्माणकर्ता उनीहरूको मूल्य निर्धारणमा निष्पक्ष रहने गर्छन् । तर, घरको धेरै चिजको जडान र स्थापना गर्दा व्यावसायिक श्रमिकले लिने पारिश्रमिकमा धेरै खर्च भइरहेको हुन्छ । यदि तपाईं सम्बन्धित काममा सक्षम र जानकार हुनुहुन्छ भने धेरै पैसा जोगाउन सकिन्छ । वायरिङ, प्लम्बिङको सीप छ भने हार्डवेयर सामान वा विभिन्न उपकरण जडान गर्न सहज हुन सक्छ । यसरी आफूले जानेको कामको जिम्मा आफँै लिएर पनि पैसा बचाउन सकिन्छ ।

दैनिक प्रयोग हुने उपकरणको अनुसन्धान गर्नुहोस्

निर्माणकर्ताले केही उपकरण निर्माता वा कम्पनीसँग सम्झौता गरी ती उपकरण खरिदको लागि तपाईंलाई प्रस्ताव गर्न सक्छ । तर, सोही प्रस्तावअनुसार निर्णय लिनुपर्छ भन्ने छैन । तपाईं आफैँले पनि कम लागतमा पाइने उपकरणको खोजी गर्न सक्नुहुन्छ । उपकरणहरूको लागतमा धेरै विविधता हुन्छ । केही अनुसन्धान गरेमा पक्कै पनि सस्तो मूल्यमा उपकरण पाइन सक्छ । आफूलाई आवश्यक परेको उपकरण आफूले चाहेको सान्दर्भिक मूल्यमा खरिद गर्नाले तपाईंको बजेट पनि अर्थपूर्ण रहन्छ ।

भुइँ सजाउँदा 

भुइँमा काठजस्तै देखिने विकल्पका वस्तु प्रयोग गरी लागतलाई कम पार्न सकिन्छ । लेमिनेट गरिएका कडा प्लास्टिक वा भिनाइलको प्रयोग गरी भुइँमा काठको जस्तै स्वरूप प्रदान गर्न सकिन्छ । जुन तुलनात्मक रूपमा सस्तो पर्न आउँछ । यस्ता चिज नकोरिने र पानीले असर नगर्ने हुँदा किफायती र लामो समयसम्म टिक्ने गर्छ । कडा काठका भुइँ मात्र सर्वश्रेष्ठ हुन् वा यसको विकल्प छैन भन्ने मानसिकतालाई त्याग्न जरुरी छ । काठजस्तै देखिने र टिकाउ हुने वस्तु प्रयोग गर्नु पनि पैसा बचत गर्ने उचित उपाय हो ।

पछि संस्करण थप्नुहोस्

निर्माण संरचनामा पछि थपिने वा जडान गरिने सजावटका सामग्री तपाईंको निर्माणकर्ताले प्रस्ताव गरेको सीमित क्षेत्रबाट भन्दा पनि आफैँले बजार बुझेर तुलना गरी खरिद गर्नुहोस् । श्रेणीगत विकल्पको स्थापना आधार मूल्यमै समावेश रहने हुनाले आफ्नो बजेटअनुसार त्यसमा संस्करण थप्न सकिन्छ । यस्ता सजावटका सामग्री सेकेन्ड ह्यान्ड स्टोरमा कम मूल्यमा आकर्षक डिजाइनमा फेला पार्न सकिन्छ । विभिन्न वेबसाइटको सहाराले सस्तो बजारबारे बुझ्न सकिन्छ । अझ ती सामग्री आफैँले जडान गरेर थप पैसा बचत गर्न सकिन्छ ।

खर्चको विवरण राख्नुहोस्

घरलाई अन्तिम स्वरूप प्रदान गरी बसाइँ सर्नुअघिसम्मका सबै खर्च र आफ्नो निर्णयबारे तथ्यांक राख्नुहोस् । यसो गर्दा आफूले खर्च गरेको रकमबारे तपाईंलाई जानकारी रहन्छ । केही काम आवश्यक छ भने निर्माणकर्ताले तपाईंलाई त्यो काम जसरी पनि गर्नै पर्छ भनेर प्रोत्साहित गर्न सक्छ । तर, तपाईले त्यसको आवश्यकता र उपयोगिताबारे स्वअध्ययन गर्न जरुरी हुन्छ । त्यसपश्चात् मात्र सो काम सम्पन्न गर्ने वा नगर्ने कुराको निर्णय लिनु उपयुक्त हुन्छ ।

नयाँ घर निर्माणको क्रममा पैसा बचत गर्नका लागि सचेत उपभोक्ताको रूपमा कार्य गर्न आवश्यक पर्छ । तपाईंले चाहनुभएका वस्तु र आवश्यकताबीच सन्तुलन खोजी पैसा बचाउने सिर्जनात्मक तरिकाको अवलम्बन गर्नुपर्छ । नयाँ निर्माण गर्न कहिल्यै पनि सस्तो पर्न आउँदैन तर तपाईं कत्तिको बजेटमैत्री बन्नुहुन्छ, यो कुरा मुख्य हुन्छ । सुविधाको लागि अनावश्यक खर्च नगरीकन आफ्नो बजेट कहाँ जाँदै छ, त्यसमा जहिले पनि ध्यान दिनुहोस् । यसरी बजेटमा ध्यान पु¥याएर पैसा बचत गर्दै आवश्यकीय काममा खर्च गरेमा सुन्दर घर हुनुको साथै केही पैसा बाँकी पनि रहन्छ । जसबाट थप फर्निचर वा उपकरण किन्न सकिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस