आजको मौसम सामान्यतया सफा रहने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ मंसिर १५, सोमबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौ । देशभरको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा अहिले कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

सोही कारण देशभरको मौसम सामान्यतया सफा रहने देखिएको मौसमविदले बताएका छन् । हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । यस्तै राति पनि देशभरकै मौसम सफा रहने छ । तराईका क्षेत्रमा बिहान लागेको हुस्सु तथा कुहिरो बिस्तारै हट्दै जाने छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस