विश्‍वमा कोरोना अबस्था : एक करोड ८० लाखभन्दा बढी सक्रिय संक्रमित,एक लाख ५ हजार गम्भिर !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १५, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाण्डौ । विश्‍वमा पछिल्लो २४ घण्टामा थप चार लाख ९६ हजार ९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार २१८ जनाले ज्यान गुमाएका छन् । योसँगै कुल मृत्यु संख्या १४ लाख ६४ हजार ७६४ पुगेको छ ।

विश्‍वमा हालसम्म छ करोड ३० लाख ५३ हजार ९८ जना संक्रमित भएका छन् । तीमध्ये चार करोड ३५ लाख ३१ हजार ३६५ जना संक्रमणमुक्त भएका छन् । अहिले एक करोड ८० लाख ५६ हजार ९६९ जना सक्रिय संक्रमित छन् । भने एक लाख ५ हजार ५४३ जना गम्भीर बिरामी छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस