लकडाउनपछि पहिलो पटक सुनको मुल्यमा कमी, नयाँ रेकर्ड राख्दै तोलाको कतिमा हुँदैछ कारोवार ?

मंसिर १५, काठमाडौं । आज सोमवार सुनको मुल्य तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा केहि दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागेको छ । आइतबार सुनको मूल्य ९० हजार ७ सयमा कारोबार भएको थियो ।

तर आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ८९ हजार ५५० निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११२० रहेको महासंघले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply