अछाममा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १७ घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १५, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १५, अछाम । अछाममा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको चौरपाटी गाउँपालिकाअन्तर्गत मार्कुमा भएको बस दुर्घटनामा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेमा साँफेबगर नगरपालिका ३ का १९ वर्षीय निरज कुँवर रहेको जिल्ला ट्राफिक कार्यालय अछामले जनाएको छ ।

मंगलसेनदेखि धनगढीतर्फ गइरहेको ना४ख ९९७२ नम्बरको बस दुर्घटना हुँदा अन्य १७ जना घाइते भएका जिल्ला ट्राफिक कार्यालय अछामका प्रमुख देवेन्द्र खड्काले बताए । उनका अनुसार दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस