कोरोना भाइरस संक्रमणबाट इलामकी एक महिलाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १५, सोमबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

मंसिर १५, इलाम । कोरोना भाइरस संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका–६ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि महिलालाई उपचारका लागि मंसिर ९ गते अस्पताल भर्ना गरी विराटनगरको न्युरो अस्पतालमा उपचार भईरहेको थियो ।

महिलामा श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या रहेको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । यो सँगै इलाममा कोरोना संक्रमणको कारण मृत्यु हुनेको सँख्या ११ जना पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस