साझा र विवेकशील पार्टीबीच एकता हुने, रवीन्द्र अध्यक्ष र मिलन संयोजक बन्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १५, सोमबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाण्डौ । साझा र विवेकशील पार्टीबीचको एकता प्रक्रिया टुंगो लाग्ने भएको छ । सहमति भएर एकता घोषणाको अन्तिम तयारी भइरहेको दुवै दलका नेताहरुले बताए । एकताको डेढ वर्षमा विभाजित बनेका साझा र विवेकशील पार्टी गत असारदेखि फेरि एकता प्रयासमा फर्केका थिए । साझाले केन्द्रिय कमिटीबाट एकता प्रस्ताव पारित गरेको छ भने विवेकशीलले आफ्नो तल्ला कमिटीहरुसम्म नै प्रस्तावमाथि मतदान गराएको थियो ।

पार्टीका दुईतिहाई सदस्यले एकताको प्रस्तावमा मतदान गरेका छन् । साझा पार्टीका संयोजक रवीन्द्र मिश्र एकीकृत पार्टीको अध्यक्ष बन्ने अनौपचारिक समझदारी बनेको बताईएको छ । यसैगरी विवेकशीलका अध्यक्ष मिलन पाण्डे दोस्रो वरियतामा रहने गरी संयोजक बन्ने स्रोतको दावी छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस