२४ घण्टाको अवधिमा थप १४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १५, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९११ जनामा गरिएको परीक्षणमा १४७४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९३१ रहेको छ ।

योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । हाल मुलुकभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस