आज एकैदिन कोरोनाबाट २९ जनाको मृत्यु, मृतकको संख्या १५ सय नाघ्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १५, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १५, काठमाडौ । नेपालमा कोरोना भाइरस कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघेको छ । सोमबार थप २९ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको हो । यस्तै सोमबार थप १४ सय ७४ जना कोरोना भाइरस कोभिड १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ सहित संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार सोमबार १९ सय ३१ जना डिस्चार्ज भएका छन् ।

योसहित निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । यस्तै आज कोरोनाबाट थप २९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको छ । देशभर क्वारेन्टिनमा ५३५ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार ४२३ जनाको उपचार भइराखेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस