श्रीलंका जेलमा झडप हुँदा ८ जनाको मृत्यु, ५० भन्दा धेरै घाइते

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ मंसिर १५, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौं । श्रीलंकाको एउटा जेलमा सुरक्षाकर्मीसँग भएको झडपमा आठ जनाको मृत्यु भएको छ भने ५० भन्दा धेरै घाइते भएका छन् ।

जेलमा कोरोना संक्रमण बढेको विषयमा भएको विरोधको क्रममा श्रीलंकाको सबैभन्दा भिडभाडयुक्त जेल महारामा झडप भएको हो । पछिल्लो केही समययता श्रीलंकाको कैदीको चाप अत्यधिक भएका जेलमा कोरोना संक्रमण उल्लेख्य मात्रामा बढेको छ । पछिल्लो एक महिनामा कोरोना संक्रमितको संख्या पनि उल्लेख्य मात्रामा बढेको छ । अहिले श्रीलंकामा दैनिक एक हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिइरहेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस