आज थपिएका कोरोना संक्रमित कुन-कुन जिल्लाका हुन् ? (जिल्लागत विवरणसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १५, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १५, काठमाण्डौ ।  स्वास्थ्य तथा जनस‌ख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको जानकारी दिएको  छ। जसमध्ये गत २४ घण्टामा १ हजार ४७४ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा ५, उदयपुरमा १०, झापामा ४९, ताप्लेजुङमा २४, धनकुटामा ४, पाँचथरमा २, भोजपुरमा १, मोरङमा ८२, संखुवासभामा ४, सोलुखुम्बुमा ४ र सुनसरीमा ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धुनषामा १४, बारामा ३, महोत्तरीमा १, रौतहटमा ३, सप्तरीमा १२, सर्लाहीमा ४ र सिरहामा ७ जनामा कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय १५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २९, चितवनमा ३७, दोलखामा २, धादिङमा १०, नुवाकोटमा ६, भक्तपुरमा ६९, मकवानपुरमा २४, रामेछापमा ४, ललितपुरमा १ सय २५, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा १० जनामा कोरोना स‌क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै गण्डकी प्रदेशको कास्कीमा २९, गोरखामा १६, तनहुँमा २, नवलपरासी पूर्वमा १२, पर्वतमा १, म्याग्दीमा १०, लमजुङमा ३, वागलुङमा १ र स्याङजामा १२ जना कोरोना स‌क्रमित थपिएका छन् । लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ४, गुल्मीमा ३, दाङमा ४९, नलवपरासीमा ५, पाल्पामा ७, प्यूठानमा ४, बर्दियामा १, बाँकेमा ८, रोल्पामा १ र रुपन्देहीमा ३६ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी कर्णाली प्रदेशको जाजरकोटमा ४, जुम्लामा ३, दैलेखमा ५, रुकुम पश्चिममा १, सल्यानमा ५ र सुर्खेतमा २४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशको अछाममा ४, कञ्चनपुरमा १, डडेल्धुरामा २, डोटीमा १ र बाजुरामा ५ जना कोरोना स‌क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस