भारतमा पछिल्लो २४ घण्टामा ४८२ संक्रमितको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ मंसिर १६, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १६, काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा ४८२ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ६५९ पुगेको छ ।

यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९४ लाख नाघेको छ । डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार १७९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९४ लाख ६३ हजार २५९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८८ लाख ८८ हजार ५९५ जना संक्रमणमुक्त भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस