नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, थप दुई जनाको बुटवलमा मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १६, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १६, बुटवल । रुपन्देही र कपिलवस्तुका थप एक–एक जना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । बुटवल–७ की ५३ वर्षीया महिला र कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएकी कपिलवस्तुकी महिला मंसिर १५ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताए । कोरोना संक्रमण पुष्टी भएपछि दुई दिनसम्म उनी होम आइसोलेसनमै बसेकी थिइन् ।

यस्तै मंसिर ११ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएकी बुटवलकी महिला मंसिर १३ गते अस्पताल भर्ना भएकीमा सोमबार दिउँसो मृत्यु भएको डा। गौतमले बताए । उनी मधुमेहको दीर्घ रोगी थिइन् । प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार कोरोना संक्रमितको मृत्यु हुने संख्या रुपन्देहीमा १२१, कपिलवस्तुमा २१ र लुम्बिनी प्रदेशमा २९२ पुगेको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस