यूईएफए च्याम्पियन्स लिग : रियल म्याड्रिड शाख्तारसँग पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर १७, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाण्डौ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह बी को पाँचौ खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिडले शाख्तर डोनेस्कसँग हार बेहोरेको छ । युक्रेनमा भएको खेलमा रियलले २-० ले पराजित भएको हो । शाख्तारको जितमा डेन्टिन्हो र सोलोमोनले १,१ गोल गरे । कप्तान सर्जियो रामोसबिना उत्रिएको रियलले डिफेन्समा फेरी एकपटक कमजोर प्रदर्शन गर्दा हार बेहोरेको हो । फरवार्ड करीम बेन्जेमाले चोटबाट पुनरागमन गरेपनि राम्रो प्रदर्शन गर्न सकेनन् ।

खेलको पहिलो हाफमा शाख्तारले तुलनात्मक रुपमा बढी आक्रमण गरेपनि गोल गर्न भने सकेन । घरेलु टोलीले चोटका कारण मुख्य फरवार्ड जुनिअर मोराएसलाई गुमाएको थियो । त्यसअघि खेलको छैटौं मिनेटमा बेन्जेमाको क्रसमा मार्को एसेन्सियोको प्रहार पोस्टमा लागेर बाहिरिँदा रियल अग्रता लिनबाट चुकेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस