चन्द्रागीरी हिल्सको आईपीओ बिक्री खुल्ला, पहिलो चरणमा आवेदन दिने मापदण्ड के छन् ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ मंसिर १७, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौं । चन्द्रागीरी हिल्सले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा परियोजना सञ्चालन रहेको स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन खुला गरेको हो ।

आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ तथा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं। ९ र १० र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का स्थानीयले मात्रै पहिलो चरणमा आवेदन दिन पाउनेछन् ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कात्तिक २८ गतटे स्थानीय र सर्वसाधारणको लागि गरि कुल १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति दिएको थियो । स्थानीयलाई पछि कम्पनीले सर्र्वसाधारणको लागि आईपीओ निष्काशन गर्नेछ ।

कम्पनीको सेयरमा लगानी गर्न चाहाने स्थानीयल न्यूनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा पुस १ गतेसम्म आवेदन दिन पाइनेछ भने त्यस अवधिमा निष्काशनमा ल्याएको शेयर बिक्री नभएमा ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस