यसरी उठ्दैछ धुनिबेशी नगरपालिका (फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १७, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १७, धुनिबेशी । धादिङ धुनिवेशी नगरपालिकाको जुगेडीमा प्रशासनिक भवनको शिलान्यास भईसकेको छ । साविकको नौविसे, जीवपुर र छत्रेदेउराली गाविसलाई समेटेर धुनिवेशी नगरपालिका बनाइएको हो । अहिले भवनको निर्माण तिब्र गतिमा भईरहेको छ । धुनिबेशी नगरपालिका वडा नम्बर ९ को जुगेडीमा प्रशासनिक भवन निमार्ण अगाडि बढेको छ ।

पृथ्वी राजमार्गबाट ५०० मिटर भित्र रहेको जुगेडीमा साढे चार तले भवन ४० हजार एक सय ३० स्क्वायर फिट क्षेत्रफल तथा ३९ वटा कोठा भएको भवन निमार्ण हुने इन्जिनियर नवराज श्रेष्ठले बताए । २ वर्षमा निमार्ण गरिने उक्त भवनको लागत ३० करोड रहेको छ । अहिले १५ करोडमा ठेक्का खोल्दा ९ करोड ५२ लाख ३५ हजार ५ सय ५९ रुपैयाँमा रबीन अबिशा बीकन जे भि ले ठेक्का पारेको हो ।

फोटो सौजन्य : धुनिबेशी नगरपालिका फेसबुक पेज

ताजा अपडेट

खोजी गर्नुहोस