विषयगत समितिको सभापतिको निर्वाचन असोज ५ गते हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन १, सोमबार (५ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज १, काठमाडौं । प्रतिनिधिसभाको विषयगत समितिको सभापतिको निर्वाचन असोज ५ गते हुने भएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले संसदीय समितिको सभापति चयनका लागि असोज ५ गते विहान ११ बजे निर्वाचन कार्यक्रम राखिएको जानकारी गराए ।

त्यसअनुसार संसद सचिवालयलाई सूचना प्रकाशन गर्न उनले निर्देशन दिए ।

यसअघि गत भदौ १७ गतेका लागि तोकिएको निर्वाचन मिति अन्तिम समयमा स्थगित भएको थियो ।

प्रतिनिधिसभा अन्तर्गतका १० वटा बिषयगत समितिमध्ये ९ वटामा नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफैं सभापति उठाउने तयारी गरेको छ ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने संसद्मा प्रतिनिधित्वका आधारमा समितिको नेतृत्व बाँडफाँड गर्नुपर्ने माग गर्दै आएको छ ।

मिनि संसद मानिने प्रतिनिधिसभाको समितिहरुको सभापति चयन हुन नसक्दा हालसम्म जेष्ठ सदस्यको अध्यक्षतामा बैठक संचालन हुने गरेको छ ।

प्रतिनिधिसभामा १० वटा विषयगत र ३ वटा विशेष समिति रहेका छन् । विशेष समितिमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनका सदस्यको प्रतिनिधित्व हुन्छ ।

राष्ट्रियसभाको ४ वटा विषयगत समितिमा भने सभापति चयन भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस