कोरोना विरुद्धको फाइजर र बायोएनटेकको भ्याक्सिनमा बेलायत नै पहिलो, अन्य देश युद्धस्तरमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १८, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १८, काठमाडौ । बेलायतले फाइजर बायोटेकले तयार गरेको कोरोना भाइरस विरुद्धको खोपलाई स्वीकृति दिएको छ । यो स्वीकृतिसँगै कोरोना विरुद्धको खोपलाई मान्यता दिने मुलुकमा बेलायत पहिलो भएको बीबीसीले जनाएको छ । केही समय पहिले फाइचर कम्पनीले विकास गरेको खोप ९५ प्रतिशत सफल भएको तथ्याङ्क सार्वजनिक भएको थियो ।

बेलायतको स्वास्थ्य नियामक एमएचआरए मेडिसीन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले आउँदो हप्तादेखि सर्वसाधारणमा खोप लगाउने बताएको छ । सबैभन्दा पहिला आवश्यक भएका सिकिस्त विरामीलाई यो खोप लगाउने तयारी रहेको छ । बेलायतले शुरुदेखिनै चार करोड़ डोजÞको लागि स्विकृति दिइसकेको थियो । प्रत्यके व्यक्तिलाई दुईवटा खोप दिने भएकाले पहिलो चरणमा दुई करोडलाई दिने बताइएकोछ ।

ताजा अपडेट

खोजी गर्नुहोस