नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य काम सुरु, काठमाडौं र धादिङबाट एकैचोटि छेडिने !

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७७ मंसिर १९, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १९, काठमाण्डौ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्वाल पार्ने काम सुरु भएको छ । काठमाडौं र धादिङ दुवैतर्फ काम अघि बढाइएको नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाले बताएको छ । एक महिनाभित्र विस्फोट गराउने काम सुरु हुने आयोजनाको भनाइ छ । त्यसका लागि भारतबाट ३ सय टन विस्फोटक पदार्थ ल्याइएको कान्तिपुर अनलाईनमा खबर छ ।

विस्फोटक पदार्थबिनै करिब ३० मिटर प्वाल पारिने सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिएका छन् । ठेक्का सम्झौताअनुसार ४२ महिनाभित्र निर्माण सक्नुपर्नेछ । निर्माणको समय ३० महिना मात्र बाँकी छ । सुरुङविज्ञसहित २० जनाको विदेशी प्राविधिक टोली अहिले फिल्डमा छ । आवश्यकताअनुसार प्राविधिक थप गर्दै लगिनेछ । त्यस्तै २ सयभन्दा बढी कामदार निर्माणस्थलमा सक्रिय छन् ।

आयोजना निर्माणको जिम्मा जापानिज कम्पनी हाज्मा एन्डोले लिएको छ । २ दशमलव ६८ किमि दूरीको सुरुङ बनाउन जापानको साढे १६ अर्ब ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ । नागढुंगादेखि सिस्नेखोलासम्मको दूरी साढे ८ किमि छ । सुरुङ बनेपछि उक्त दूरी ३ किमिमा झर्ने आयोजनाले जानकारी दिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस