नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर १९, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १९, काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । तनहुँ घटनाका विषयमा छलफल गर्न बैठक डाकिएको बताइएको छ । नेता अर्जुनरसिंह केसीले भने, छलफलको एजेण्डा विस्तृतमा जानकारी भएको छैन । तनहुँ घटनाबारे छलफल गर्ने भनिएको छ । बैठक दिउँसो २ बजे सभापति निवास बुढानीलकण्ठमा बोलाइएको छ ।

गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न गएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । बुधबार तनाव उत्पन्न भएपछि बिहीबार पौडेलले नै व्यास नगरपालिकामा निर्माण गरिएको पुल उदघाटन गरेका थिए ।

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस