अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर २०, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २०, काठमाण्डौ । अखिल नेपाल फुटबल संघ एन्फाले कार्यसमिति बैठक बोलाएको छ । वार्षिक साधारण सभासहित विभिन्न एजेण्डामा छलफल गर्न एन्फाले यही मंसिर २५ गतेका लागि कार्यसमिति बैठक बोलाएको हो ।

एन्फा हेडक्वार्टर सातदोबाटोमा २५ गते बिहान ९ बजे बस्ने बैठकमा विभिन्न २३ भन्दा धेरै एजेण्डामा छलफल हुने एन्फाले जनाएको छ । बैठकमा एन्फा क्लब लाइसेन्सिङ रेगुलेसन, एन्फाका विभिन्न विभागको रणनीतिक योजना, युवा विकास परियोजना, विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न राष्ट्रिय टिमको प्रशिक्षण तथा मैत्रीपूर्ण खेलमा सहभागिता तथा आयोजनालगायत विषयमा छलफल हुनेछ । यस्तै, एन्फाको कार्यक्रम अनुसार स्थगित भएका प्रतियोगिता पुन सञ्चालन गर्ने, चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्तिको लागि एन्फा साधारण सभामा सिफारिस गर्नेलगायतका एजेण्डाबारे बैठकमा छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस