मंसिर २०, काठमाण्डौ । भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३५ हजार ८५२ जनामा संक्रमण भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख ७ हजार ६३२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ४८७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
योसँगै भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३९ हजार ७१४ पुगेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएअनुसार भारतमा कोरोना भाइरस शुरु भएयता भएका सम्पूर्ण संक्रमितहरु मध्ये ९० लाख ५७ हजार २८२ व्यक्ति कोरोना मुक्त भएका छन् । भारतमा महाराष्ट्र, दिल्ली र केरला क्रमशः कोरोना भाइरसले बढी प्रभावित
राज्य हुन् ।