प्रचण्डलाई फकाउदै ओली समुह ! बहकिएलान की टाढा होलान् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २०, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २०,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डलाई फकाउन अर्का अध्यक्ष केपी ओली समुह सक्रिय भएको छ । शुत्रबार मात्रै उपप्रधानमन्त्री एवम् नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल खुमलटार पुगेका छन् ।

भेटवार्ता झण्डै एक घण्टा चलेको थियो । पोखरेलले प्रचण्डलाई सचिवालयमा पेश भएको पत्रहरु साझा बनाउने पहल लिन आग्रह गरेका स्रोतले बताएको छ । यसअघि बिहीबार मात्रै प्रचण्डलाई भेट्न महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ खुलमटार पुगेका थिए ।

महासचिव पौडेलले भेटेर कुरा गरेपछि साँझ नेम्वाङ खुमलटार पुगेका थिए । साँझ पाँच बजेतिर खुमलटार पुगेका नेम्वाङसँग पनि पार्टी विवाद मिलाउनेबारे नै छलफल भएको थियो ।

नेम्वाङलाई प्रचण्डले परिस्थिति सकारात्मक बनाउन सकिने बताएका थिए । नेकपामा पोखरेल, पौडेल र नेम्वाङ अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस