भारतमा कोरोना संक्रमित घट्दै, यस्तो छ पछिल्लो अवस्था

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ मंसिर २०, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर २०,काठमाडौँ । भारतका कोरोनाभाइरसबाट सङ्क्रमित भएर सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले अत्यन्त कम हुँदै गएको छ । पछिल्लो १३६ दिनपछि शनिबार सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या सबैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।

भारतमा शनिबार चार लाख नौ हजार ६८९ जना सङ्क्रमित अवस्थामा रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सङ्ख्या पछिल्लो १३६ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयको भनाई छ ।

‘सक्रिय सङ्क्रमितहरुको सङ्ख्या यो १३६ पछिको सबैभन्दा कम हो, सन् २०२० को जुलाई २२ अघि यो भन्दा कम थियो, त्यसपछि बढ्दै बढ्दै गएको थियो,’ मन्त्रालयले भनेको छ ।

मन्त्रालयले पछिल्लो समयमा दिनप्रतिदिन सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै जाने क्रम चलिरहेको जनाएको छ ।

अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितको ४.२६ प्रतिशत मात्रे भएको मन्त्रालयको तथ्याङ्क छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार ६५२ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या पनि अघिल्ला केही दिनदेखि घट्दै गइरहेको छ ।

त्यसैगरी पछिल्लो एक दिनमा कुल ४२ हजार ५३३ जना कोरोनाभाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएको विवरण छ ।

दुवै तथ्याङ्क हेर्दा थपिएका सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले कोरोनाभाइरसको महामारी कम हुदै गएको देखिएको छ ।

सङ्क्रमणमुक्त भएकाहरुको अनुपात ९४.२८ रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा अहिलेसम्म कुल ९० लाख ५८ हजार ८२२ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस