नेकपा बैठक सकियो : अध्यक्षद्वयको प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०७७ मंसिर २०, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २०, काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेस हुने भएको छ ।

सचिवालयको शनिबार बसेको बैठकले पूर्व निर्धारित समयअनुसार भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

‘पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘दुवै अध्यक्षको प्रतिवेदन पनि स्थायी कमिटीमा प्रस्तुत हुन्छ ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस