इन्जुरी समयमा पेनाल्टी, ब्राइटन हारबाट जोगियो !

असोज २, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार बेलुका भएको खेलमा इन्जुरी समयमा पाएको पेनाल्टीले ब्राइटनलाई हारबाट जोगाएको छ । अवे मैदानमा भएको खेलमा ब्राइटनले साउथह्याम्पटनलाई २–२ को बराबरीका रोकेको हो ।

३५ औँ मिनेटमा पियर–एमिल होज्बिएर्गको गोलबाट साउथह्याम्पटनले पहिलो हाफमा १–० को अग्रता लियो । ६५ औँ मिनेटमा पाएको पेनाल्टीमा ड्यानी इन्ग्सले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

त्यसपछि मात्रै ब्राइटनले गोल फर्काएको हो । ६७ औँ मिनेटमा शेन डफीले ब्राइटनका लागि एक गोल फर्काए । इन्जुरी समयको पहिलो मिनेटमा ब्राइटनले पेनाल्टी पायो । त्यसमा ग्लेन मुरेले गोल गर्दै टिमलाई हारबाट जोगाए र खेलमा २–२ को बराबरी भयो ।

पाँच खेलबाट पाँच अंक जोडेको ब्राइटन १४ औँ तथा पाँच अंक नै रहेको साउथह्याम्पटन १३ औँ स्थानमा छ ।

संम्बन्धित समचार

Leave a Reply