बमकाण्डका आरोपित काँग्रेस सांसद आफ्ताव आलमका भाइ पक्राउ, आजै नेपाल ल्याईंदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर २२, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २२, रौतहट । रौतहटको राजपुर बमकाण्डका आरोपित काँग्रेस सांसद मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलम पक्राउ परेका छन् । उनलाई भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरिएको हो । पक्राउ परेका महताव आलमलाई आजै रौतहट ल्याईंदैछ ।

२७ चैत ०६४ मा संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा विष्फोट भएको थियो । सो विस्फोटमा घाईते २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई आफ्तावको दाजुभाईको समूहले ईट्टाभट्टामा जिउँदै जलाएको आरोप छ । ०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घट्नामा महताव फरार थिए । घट्नाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव पुर्पक्षका लागी नख्खु कारागारमा छन् । प्रहरीले आफ्तावलाई ०७६ असोज २७ मा पक्रेर मुद्दा चलाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस