मुग्लिन-पोखरा सडक विस्तारको ठेक्का चिनियाँ कम्पनीले पाउने

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७७ मंसिर २२, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २२, काठमाडौं । मुग्लिन पोखरा सडकखण्ड विस्तार आयोजना अन्तरगतको मध्यखण्डको ठेक्का चिनियाँ कम्पनीले पाउने भएको छ । आँबुखैरहनीदेखि दमौलीसम्मको करिब ४१ किलोमिटर सडक विस्तारको जिम्मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाउने भएको हो ।

ठेक्का सम्झौताका लागि सडक विभाग अन्तरगतको आयोजना निर्देशनालय एडीबीले ठेक्का स्वीकृति गर्ने आसयको सूचना प्रकासित गरिसकेको छ । अन्तिम चरणमा प्रतिस्पर्धामा रहेका १० कम्पनीमध्येबाट कम रकम कबोल गरेको आधारमा यो कम्पनी छनोटमा परेको उपआयोजना निर्देशक राकेश महर्जनले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस