बलात्कार आरोपी सिद्धबाबालाई अदालतद्धारा सफाइ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ मंसिर २२, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर २२, काठमाण्डौ । बलात्कारको आरोप लागेको चताराधाम आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ । सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिने फैसला गरेको हो । यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

के थियो घटना ?

बलाल्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउ २०७६ मंसिर १६ गते विराटनगरस्थित विराट नर्सिङ होमबाट पक्राउ गरेको थियो।

आइसीयूमा भर्ना भएका गिरीलाई आइसियुबाटै पक्राउ गरेर हिरासतमा लिइएको थियो। एक अनुयायी महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको थियो।

गिरीले ती महिलासँग कुराकानी गरेको टेलिफोनको अडियो सार्वजनिक भएपछि उनी फन्दामा परेका थिए। गिरीले आफू निर्दोष रहेको दाबी गर्दै आए थिए।

बलात्कार आरोप लागेसँगै आश्रमबाट बाहिरएका उनलाई प्रहरीले पक्राउ गरेको थियो। गिरीलाई जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरेर प्रहरीले समातेको थियो।

गिरीमाथि २०७६ कात्तिक ४ गते अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको थियो। महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी थिइन्।

बलात्कारसम्बन्धी जाहेरी जिल्ला प्रहरीले लिन नमानेपछि पीडित पक्ष केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)मा पुगेको थियो। जाहेरीपछि सिआइबीको टोली जिल्ला प्रहरी कार्यालय सुनसरी गएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस