सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, संशोधन प्रस्ताव बहुमतले अस्वीकृत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ १३, आईतबार (५ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ १३,काठमाडौँ । प्रतिनिधिसभाबाट सरकारको आव २०७५/७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।

नीति तथा कार्यक्रममाथि छलफलमा उठेको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि उक्त प्रस्ताव निर्णयार्थ सभामा प्रस्तुत गरिएको थियो ।

यसअघि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र प्रतिपक्ष राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दर्ता भएको संशोधनका सूचना निर्णयार्थ प्रस्तुत गर्दा सभाको बहुमतले अस्वीकृत गरेको थियो ।

संघीय समाजवादी फोरम नेपालका चार सांसदले भने प्रधानमन्त्रीको स्पष्टीकरणपछि संशोधन फिर्ता लिएका थिए ।

यसअघि प्रधानमन्त्रीसँग सांसद भरतकुमार शाह, सञ्जयकुमार गौतम, रामसहायप्रसाद यादव, सरिता गिरी, अमरेशकुमार सिंह, डा. मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडूलगायतले स्पष्टीकरण माग गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १५ गते सांझ ६ः३० बजे बस्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस