बेलायतमा पहिलोपल्ट ९० वर्षकी महिलालाई कोरोना विरुद्धको खोप दिईयो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २३, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर २३, काठमाण्डौ । बेलायतमा कोराना विरुद्धको खोप दिन सुरु गरिएको छ । फाइजर बायोटेक कम्पनीले बनाएको खोप ९० वर्षकी महिलालाई दिएर सुरुवात गरिएको बीबीसीले जनाएको छ । पहिलो खोप लगाएकी ९० वर्षीया महिला मार्गरेट केननले आफू कोरोना विरुद्धको खोप लगाउने पहिलो भाग्यमानी हुन पाएकोमा गर्व लागेको बताए ।

फाइजर कम्पनीले बनाएको यो खोप उमेर ढल्किएका र कोरोनाको उच्च जोखिममा रहेका व्यक्तिलाई दिइने छ । यो खोप लाखौँ जनामा प्रयोग हुने बीबीसीले जनाएको छ । कोरोना विरुद्धको खोप आम नागरिकमा प्रयोगको गर्न दिनेमा बेलायत पहिलो देश बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस