‘सबै सुझावहरूको कार्यान्वयन हुँदै जानेछ’ : पिएम ओली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर २४, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २४, काठमाण्डौ । सत्तारूढ दल नेकपाको अन्तरसंघर्षबाट गुज्रिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक डाके । प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनुको ध्येय एउटै थियो– पछिल्लो समय व्यवस्थाविरुद्ध सडकमा भइरहेका प्रदर्शनबारे सबै दलहरूको साझा धारणा बनाउने । राजतन्त्र र हिन्दू राज्य कायम हुनुपर्ने मागसहित भइरहेका प्रदर्शनप्रति सरकारको दृष्टिकोण के हो भन्दै टीकाटिप्पणी हुन थालेपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेका हुन्। बैठकमा विषय प्रवेश गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पछिल्ला समय देशमा संविधानविरोधी गतिविधि बढिरहेका छन् भने हत्याहिंसाका घटनाहरू पनि बढ्न थालेका छन्। यसविरुद्ध सबै दलहरू एकजुट हुनु आवश्यक छ।’

यसका साथै प्रधानमन्त्रीले कोरोना संक्रमण नियन्त्रणमा सरकार सफल हुँदै गएको बताए। उनले समसामयिक विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग सल्लाहसुझाव मागेका थिए। यो सहमतिमा ल्याइएको संविधान हो। यसको मर्म प्रधानमन्त्रीले बुझ्न सक्नु भएन। उहाँको भूमिका समन्वयकारी हुन सकेन।
यहाँ उठेका सबै विषय सत्य छैनन्। कतिपय आरोप मात्रै पनि छन्। यस्ता आरोपले विरोधी पक्षलाई थप सहयोग मात्रै पुग्छ।
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी, राप्रपा, नेमकिपा, जनमोर्चालगायत विपक्षी दलका नेता सहभागी थिए।

प्रमुख प्रतिपक्षी दलका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले बाह्रबुँदे लिखित मन्तव्य राखेका थिए। वरिष्ठ नेता पौडेलले सहमतिमा संविधान ल्याइए पनि त्यसको मर्म प्रधानमन्त्रीले बुझ्न नसकेको बताएका थिए। उनले प्रधानमन्त्रीको भूमिका समन्वयकारी हुन नसक्दा समस्या बढ्दै गएको दाबी गरे।

‘तपाईंले आफन्त र मन्त्रीहरूका भ्रष्टाचारका आरोपको ढाकछोप आफै अगाडि सरेर गर्नुभयो,’ पौडेलले भने, ‘देशमा भ्रष्टाचारको बिगबिगी छ तर ठूला भ्रष्टाचार काण्डहरू चलाउन नसक्ने अवस्थामा अख्तियार पुगेको छ। अदालत पनि प्रभावहीनजस्तो देखिन्छ।’ बैठकमा जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले पनि सरकारको आलोचना गरे। संघीयता कार्यान्वयनप्रति सरकार उदासीन रहेको आरोप उनीहरूको थियो।

राप्रपाका वरिष्ठ नेता दीपक बोहोराले पनि कोरोना नियन्त्रणमा सरकार चुकेको र भ्रष्टाचार बढेको आरोप लगाए। उनले राजतन्त्रका पक्षमा सडकमा भइरहेको प्रदर्शनमा राप्रपाको नैतिक समर्थन रहेको स्पष्ट पारेका थिए। तीन घण्टा चलेको बैठकको अन्तिममा प्रधानमन्त्रीले सबै पक्षबाट आएका आलोचना र समर्थन ग्रहण गर्ने भन्दै सुझावहरूको कार्यान्वयन गर्दै जाने आश्वासन दिएका थिए। तर, उनले कतिपय आलोचना सत्यभन्दा आरोप मात्रै भएको भन्दै असन्तुष्टि जनाएका थिए। ‘यहाँ उठेका सबै विषय सत्य छैनन्। कतिपय आरोप मात्रै पनि छन्। यस्ता आरोपले विरोधी पक्षलाई थप सहयोग मात्रै पुग्छ,’ बैठक टुंग्याउँदै उनले भने, ‘फेरि फेरि पनि भेट्दै गरुँला।’ अन्नपूर्ण पोष्टबाट

ताजा अपडेट

खोजी गर्नुहोस