प्रदेश ३ प्रदेशसभा बैठक बस्दै, प्रदेश स्वास्थ्य सेवा विधेकय पारित गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन २, मंगलबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज २, काठमाडौं । प्रदेश ३ को प्रदेश सभाले आज प्रदेश स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकय पारित गर्ने कार्यसूची छ ।
दफावार छलफलपछि बनेको प्रतिवेदन आजको बैठकमा निर्णयार्थ पेश हुने प्रदेश सभा सचिवालयका सचिव भरतकुमार बुढाथोकीले जानकारी दिए।

बुढाथोकीका अनुसार, प्रदेश प्रमुखबाट प्रमाणिकरण भएका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रशासकीय कार्यविधी (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे प्रदेश प्रमुखको कार्यलयको पत्रबारे सभामुखले सभामा जानकारी गराउनेछन्।

सोमबार नै पेश भएको नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन पनि आजको बैठकमा पेश हुने सम्भावना रहेको सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस