आजको शेयर बजारमा के छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ मंसिर २५, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २५, काठमाण्डौ । हप्ताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ हजार ९६४ दशमलव शून्य २ न्विदुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव २७ अंक बढेको हो । यसदिन २०४ ओटा कम्पनीको रू। ४ अर्ब १४ करोड ६३ लाख २१ हजार ५० बराबरको शेयर खरीदविक्री भएको छ । ९८ लाख ८३ हजार १९७ कित्ता शेयर ३९ हजार ४१० पटकमा उक्त रकम बराबरको शेयर खरीदविक्री भएको हो ।

सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएर प्रतिकित्ता रू। २४२ पुगेको छ । त्यसैगरी प्रभु बैंकको संस्थापक शेयर पनि १० प्रतिशतका दरले वृद्धि भएको छ । सर्वाधिक करोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । उक्त कम्पनीको रू। ३७ करोड ३२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

बिहीवारको कारोबार दिनमा सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर मूूल्य ९ दशमलव ८७ प्रतिशत घटेको छ । दोस्रोमा रसुवागढी जलविद्युत् कम्पनीको शेयर मूल्य ८ दशमलव ६१ प्रतिशत घटेर प्रतिकित्ता रू। ३०८ कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस