धादिङमा १३ सय ५१ जना संक्रमण मुक्त !

Post Thumbnail

मंसिर २५, धादिङ । धादिङमा थप ५० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । बिहिबार एकैदिन जिल्ला भित्र र जिल्ला बाहिरका होम र संस्थागत आईशालेनमा रहेका ५० जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजाल बताए ।

यससँगै जिल्लामा कोरोना संक्रमितहरु मध्ये निको हुनेको कुल सङ्ख्या १३ सय ५१ पुगेको छ । आज धुनीबेशी नगरपालिका वडा नं ६ का ३५ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको रिजालले बताए । जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ४ सय ७६ रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस