नेपालमा थप १ हजार ४४ जनामा कोरोना संक्रमण, कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ जना !

मंसिर २६, काठमाण्डौ । २४ घण्टामा देशभर थप १०४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ११ जनाको मृत्यु भएको छ भने १२७१ जना निको भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ भने निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ ।
यस्तै शुक्रबारसम्म देशभर सक्रिय संक्रमित १२ हजार १४८ जना रहेका छन् भने हालसम्म निको हुने दर ९४।४ प्रतिशत रहेको छ । यस्तै हालसम्म कोरोना मृत्यु हुनेको कुल संख्या १६७४ पुगेको छ भने परीक्षण १८ लाख २० हजार ६१८ पुगेको छ ।

संम्बन्धित समचार

Leave a Reply